सर्वोच्चको आदेशपछि लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा नियुक्त भए डा. गौतम
बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा आएको छ ।
सर्वोच्चको आदेश कार्यान्वयन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा ११औँ तहमा स्थायी नियुक्ति भएका डा. विष्णु गौतमलाई मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरिएको हो ।
यसअघि ११औँ तहका डा. गौतमलाई पाखा लगाउँदै १०औँ तहका वरिष्ठ अर्थोपेडिक चिकित्सक डा. इन्द्र ढकाललाई लुम्बिनी प्रदेश सरकारले मेसु नियुक्त गरेको थियो ।
प्रदेश सरकारले मेसु नियुक्त गर्दा आफूलाई उपेक्षा गरिएको भन्दै गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । हरि प्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासले नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ समूहअन्तर्गत ११औँ तहका चिकित्सकलाई प्राथमिकता दिन निर्देशात्मक आदेश जारी गरेको थियो ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले डा. गौतमलाई मेसुको जिम्मेवारी दिइएको जानकारी दिए । लामो समयदेखि कानुनी लडाइँ लड्दै आएका डा. गौतमले अदालतको आदेश ढिलो भए पनि कार्यान्वयनमा आउँदा आफूलाई न्याय मिलेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण