राजनीति
नेताहरूको कार्य विभाजनबारे निर्णय लिन नेकपा संयोजन समितिको बैठक पेरिसडाँडामा
सोमबार, १४ वैशाख २०८३, १४ : ०४
सारांश
- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ ।
- बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले तयार पारेको विशेष प्रस्ताव अनुमोदन गर्ने एजेन्डा रहेको छ ।
- आजको बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले तयार पारेको विशेष प्रस्ताव अनुमोदन गर्ने एजेन्डा रहेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।
ज्वालाका अनुसार आजको बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना रहेको छ । गत फागुनमा भएको निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोरेपछि चुनावी समीक्षा गर्न प्रचण्डले चैत १९ गते बैठक बोलाएका थिए ।
पटक–पटक स्थगित भएको बैठक चैत ३ गते संयोजक र सह–संयोजकले वैशाख ३ गते सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिएर स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण