माइतीघरको लफडामा शोभा र महेशको आ–आफ्नै दाबी
सारांश
- नेकपा एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबीच माइतीघरमा हात हालाहाल भएपछि दुवैले एक अर्कालाई आरोप लगाएका छन् ।
- शोभा पाठकले आफूमाथि महेश बस्नेतकी श्रीमती र एमाले कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएकी छन् ।
- महेश बस्नेतले भने केटा मान्छेले आफ्नी श्रीमतीसहित केही महिलालाई गालीगलौज र हातपात गरेको र प्रहरीले उल्टै श्रीमतीसहित आठ जनालाई गिरफ्तार गरेको बताएका छन् ।
काठमाडौँ । नेकपा एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेत र शोभा पाठकबिच भुतलाभुतल भएपछि पाठक र महेश दुवैले एक अर्कालाई आरोप लगाएका छन्।
सोमबार दिउँसो माइतीघरमा दुई महिला पाठक र बस्नेतबिच हात हालाहाल र भुतलाभुतल भएको थियो । घटनापछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको थियो।
घटना लगत्तै पाठकले महेश बस्नेतकी श्रीमती र नेकपा एमालेका कार्यकर्ताले आफूमाथि आक्रमण गरेको बताएकी छन् । ‘म माइतीघर मण्डलामा बसिरहेको बेला न्यायप्रेमी पत्रकार र आमाबुवा दाजुभाइ दिदीबहिनीलाई अनुरोध गर्न चाहन्छु। मेरो ज्यान मार्न आएको त्यो जमातलाई प्रहरी परिसर प्रमुख एमाले निकट भएको कारणले मलाई शङ्का छ’, पाठकले भनेकी छन्, ‘म यतिबेला ट्रमा सेन्टरमा छु।’

त्यस्तै एमाले सचिव महेश बस्नेतले आफू र आफ्नो परिवारमाथि गरिएको साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा माइतीघर क्षेत्रमा भएको भिडभाड झ्यालबाट हेर्दै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरू केटा मान्छेले आफ्नी श्रीमतीसहित केही महिलालाई गालीगलौज र हातपात गरेको बताएका छन् ।
‘उल्टै, मेरो श्रीमतीसहित आठ जनालाई प्रहरीले गिरफ्तार गरेको छ’,बस्नेतले सामाजिक सञ्जालमा भनेका छन्,‘यस घटनालाई केही सञ्चार माध्यमहरूले गलत ढङ्गले प्रस्तुत गर्दै भ्रामक प्रचार गरिरहेका छन्, जुन अत्यन्तै दुःखद र आपत्तिजनक छ ।’

बस्नेतले माइतीघर मण्डला जस्तो सार्वजनिक स्थललाई मन नपरेका व्यक्तिलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने थलोका रूपमा प्रयोग गरिनु निन्दनीय भएको समेत बताएका छन् ।
‘यस्तो संवेदनशील विषयमा सरकार मौन दर्शक बनेर बस्नु उपयुक्त हुँदैन’, बस्नेतले भनेका छन्, ‘पीडित आफैँले न्याय खोज्नुपर्ने अवस्था सिर्जना हुनु, उल्टै उनीहरूमाथि हातपात हुनु र गिरफ्तार गरिनु कुनै पनि लोकतान्त्रिक समाजका लागि राम्रो सङ्केत होइन ।’ उनले सम्बन्धित निकायले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही नगरे सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण