ल्हासास्थित महावाणिज्य दूतावासमा भृकुटीको प्रतिमा अनावरण
काठमाडौँ । चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा राष्ट्रिय विभुति भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ ।
गत शनिबार त्यहाँ आयोजित एक कार्यक्रमका बीच प्रतिमाको अनावरण गरिएको महावाणिज्य दूतावास कार्यालयले जनाएको छ ।
प्रतिमा अनावरण गर्दै महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले सातौँ शताब्दीमा तत्कालीन तिब्बती राजा स्रङ्चङ् गम्पोसँग विवाह गरेकी राजकुमारी भृकुटीले नेपाल–चीन सम्बन्ध स्थापना तथा सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे । राजकुमारी भृकुटीले चीनमा बौद्ध धर्मको स्थापना र प्रचारप्रसारमा समेत उल्लेखनीय भूमिका खेलेको र ल्हासाको योजनाबद्ध विकासमा योगदान दिएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली दुःख निवारण कल्याण कोषका अध्यक्ष कुञ्जो धार्के नेपाली, जेभी फाउण्डेसन नेपालका पदाधिकारीलगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा ल्हासास्थित नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको जनाइएको छ । त्यस अवससरमा प्रतिमा उपलब्ध गराउने संस्थाका पदाधिकारी, ल्हासासम्म प्रतिमा ल्याउन तथा महावाणिज्य दूतावासमा स्थापना गर्न सहयोग गर्ने नेपाली दुःख निवारण कल्याण कोषलगायत संस्थाका प्रतिनिधिलाई प्रशंसापत्र प्रदान गरिएको जनाइएको छ ।
उक्त प्रतिमा जेभी फाउण्डेसन नेपालको सौजन्यमा प्राप्त भएको र यसअघि फाउण्डेसनका केन्द्रीय अध्यक्ष जगदीश वैद्यले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई काठमाडौँमा हस्तान्तरण गरेका महावाणिज्य दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण