शेखर कोइरालाले बोलाए आफ्नो समूहको छुट्टै भेला
मङ्गलबार, १५ वैशाख २०८३, १२ : ०८
सारांश
- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बागमती प्रदेश स्तरीय भेला बैशाख १७ गते बोलाएका छन् ।
- भेलामा बागमती प्रदेशका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य, पदाधिकारी, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, सांसद, पूर्वसांसद, प्रदेश सभा सदस्य र प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहनेछ ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् । डा. कोइरालले बैशाख १७ गते समूहका नेताहरूको बागमती प्रदेश स्तरीय भेला बोलाएको त्यो समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भेलामा बागमती प्रदेश भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्व जिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूको भेला बोलाइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण