कलंकीस्थित दृष्टि आई केयर सेन्टर १०औँ वर्षमा प्रवेश, बिना सुई मोतियाबिन्दु शल्यक्रियालाई प्राथमिकता
सारांश
- दृष्टि आई केयर सेन्टर, कलंकी १०औँ वर्षमा प्रवेश गरेको छ।
- वार्षिकोत्सवको अवसरमा अस्पतालले बिना सुई मोतियाबिन्दुको शल्यक्रियालाई विशेष प्राथमिकता दिने घोषणा गरेको छ।
- अस्पतालले मल्टिफोकल तथा टोरिक आईओएल सेवा, एडभान्स्ड कन्ट्याक्ट लेन्स, ड्राइ आई थेरापी र मायोपिया कन्ट्रोल लेन्स सेवालाई प्राथमिकतामा राखेको छ।
काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी आँखा उपचार संस्था दृष्टि आई केयर सेन्टर, कलंकी आजदेखि १०औँ वर्षमा प्रवेश गरेको छ।
वार्षिकोत्सवको अवसरमा अस्पतालले आधुनिक प्रविधिमार्फत सेवा विस्तार गर्दै बिना सुई मोतियाबिन्दुको शल्यक्रियालाई विशेष प्राथमिकता दिने घोषणा गरेको छ।
अस्पतालले बिरामीको सहजताका लागि मल्टिफोकल तथा टोरिक आईओएल सेवा, एडभान्स्ड कन्ट्याक्ट लेन्स र पछिल्लो समय बढ्दै गएको आँखाको सुख्खापनका लागि 'ड्राइ आई थेरापी' सुरु गरेको छ।
साथै, बालबालिकामा बढ्दो आँखाको पावर नियन्त्रण गर्न 'मायोपिया कन्ट्रोल लेन्स' सेवालाई समेत प्राथमिकतामा राखिएको अस्पतालले जनाएको छ।
दृष्टि आई केयर सिस्टमका प्रमुख कार्यकारी अधिकृत डा. भाइराजा श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्दै छोटो समयमै आमजनताको विश्वास जित्न सफल भएको बताए । त्यस्तै, मेडिकल निर्देशक डा. सविता पालिखेले अनुभवी चिकित्सक र आधुनिक उपचार पद्धति नै दृष्टिको मुख्य विशेषता रहेको उल्लेख गरे ।
हाल दृष्टिको सेवा काठमाडौंको कलंकी, चाबहिल, बानेश्वर र जमलका साथै बिर्तामोड, वीरगञ्ज र नुवाकोटको बट्टारमा समेत विस्तार भइसकेको छ। दशौँ वर्ष प्रवेशको अवसरमा अस्पतालले सम्पूर्ण बिरामी, चिकित्सक र कर्मचारीप्रति आभार व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण