फिल्म ‘टिका’ भदौमा प्रदर्शन हुने
मङ्गलबार, १५ वैशाख २०८३, १३ : ५१
काठमाडौँ । फिल्म टिका भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था भविष्य फिल्मस् प्रालिले वितरक सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्सँग प्रदर्शनको सम्झौता गरेको हो ।
नारी प्रधान कथा भनिएको फिल्मका नारीहरूको पर्व तीजको अवसरमा प्रदर्शन ल्याइने तयारी गरिएको हो ।
महेश त्रिपाठी, ऋचा शर्मा र वर्षा सिवाकोटीसँगै भेट्रान हास्य अभिनेता निर्मल शर्माको अभिनय रहेको फिल्म वैशाख तेस्रो साता (आगामी हप्ता)बाट फ्लोरमा जाँदै छ । शंकर कार्कीको निर्देशन रहने फिल्मकी निर्माता भविष्य खड्का हुन् ।
नेपाली समाजमा महिलाले भोग्ने सङ्घर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा ‘टिका’ले बोल्ने फिल्मका कार्यकारी निर्माता तेजविक्रम केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण