चिया बजारको पहिचान र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिइनेछ : मन्त्री चौधरी
सारांश
- कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले आगामी वर्ष चियामा लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिइने बताएकी छन् ।
- वैशाख १५ गते राष्ट्रिय चिया दिवसको अवसरमा मन्त्री चौधरीले चिया क्षेत्रमा लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिइने बताएकी हुन् ।
- नेपालको निर्यातजन्य प्रमुख कृषि बाली मध्ये चिया एक हो, जुन ३१ जिल्लामा खेती गरिँदै आएको छ र यसले ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको निर्यात गर्दै आएको छ ।
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले आगामी वर्ष चियामा लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिइने बताएकी छन् ।
मङ्गलबार ३० औँ राष्ट्रिय चिया दिवसको अवसरमा मन्त्री चौधरीले लगानी बढाउने, नयाँ बजारको पहिचान गर्ने र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिइने बताएकी हुन् ।
वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाइँदै आएको छ । नेपालको निर्यातजन्य प्रमुख कृषि बालीहरू मध्ये चिया एक हो । देशभर ३१ वटा जिल्लामा चिया खेती फैलिएको छ ।
भने १५ हजार भन्दा बढी कृषकहरू यसमा निर्भर रहेका छन् । त्यसैगरी १७१ वटा टि – स्टेट र साना मझौला गरी १२० वटा चिया प्रशोधन केन्द्रहरूमार्फत करिब ६० हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । मुलुकको व्यापार घाटा चुलिँदै गएको अवस्थामा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया नेपालले निर्यात गर्दै आएको छ ।
विभिन्न चुनौतीहरूका बाबजुत पनि चिया कृषक, मजदुर, सहकारी, उद्योगी/व्यवसायी लगायत अन्य सरोकारवालाहरूको अथक प्रयासका कारण नै आज नेपाली चियाले विश्व बजारमा आफ्नो दरिलो उपस्थिति देखाउन सफल भएको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गढवाका अधिकांश किशोरीमा रक्त अल्पताको समस्या
-
दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान
-
पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो
-
आफ्नै सर्वस्व दानमा बनेको आश्रममा रमाउँदै प्रधान दम्पती
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण