आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

जातीय विभेद गर्दै बालकलाई कुटेको आरोपमा तीन जना पक्राउ

मङ्गलबार, १५ वैशाख २०८३, २१ : २५
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • रोल्पाको गंगादेव गाउँपालिका–५ फुवबास जोगिडारामा दलित समुदायका नाबालकलाई कुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा सोही गाउँका टोपबहादुर खत्री, मस्त बहादुर खत्री र भक्तबहादुर खत्री छन् ।
  • आरोपीहरूले मदिरा किन्न पठाएको र बालकले अस्वीकार गरेपछि दलित भनेर कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

काठमाडौँ । रोल्पाको गंगादेव गाउँपालिका–५ फुवबास जोगिडारामा दलित समुदायका नाबालकलाई कुटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही गाउँका टोपबहादुर खत्री, मस्त बहादुर खत्री र भक्तबहादुर खत्री छन् । 

आरोपीहरूले वैशाख ११ मा १० वर्षीय लोकेन्द्र बिक ‘खगेन्द्र’लाई निर्घात कुटपिट गरेको उजुरी आएको रोल्पाका डीएसपी वीरेन्द्र बिर विश्वकर्माले रातोपाटीलाई बताए । 

आरोपीहरू विरुद्ध प्रहरीले भेदभावजन्य र अपमानजनक व्यवहार गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा बालकको आँखामा गहिरो चोट देखिन्छ । आरोपीहरूले मदिरा किन्न पठाएको र बालकले अस्वीकार गरेपछि दलित भनेर कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप