मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

बागमती गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटनमा आयोजक र बागमती युथ भिड्ने

बुधबार, १६ वैशाख २०८३, ०७ : २९
बुधबार, १६ वैशाख २०८३

सारांश

  • बागमती गोल्डकपको आठौँ संस्करण वैशाख १७ गतेदेखि सुरु हुने भएको छ ।
  • उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
  • प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

मकवानपुर । वैशाख १७ गतेदेखि मकवानपुरको बागमती गाउँपालिकामा सञ्चालन हुने बागमती गोल्डकपको उद्घाटन खेलमा आयोजक र बागमती युथ क्लब भिड्ने भएका छन् । मंगलबार पत्रकार सम्मेलन मार्फत आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।

उक्त तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद  विकास समिति र सर्लाहीको बागमती युथ क्लब भिड्ने भएको  हो । खेल बिहीबार दिउँसो ३ः३० बजे बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा हुनेछ ।

यस्तै १८ गते त्रिभुवन आर्मी क्लब काठमाडौँ र बाराको नव जनजागृती क्लब, १९ गते विभागीय सशस्त्र प्रहरी बलको एपीएफ र चित्लाङ एफसी, काठमाडौँ, २० गते बाई पाएका ललितपुरको चर्च ब्वाइजले आयोजक र बागमती युथ क्लब बिच प्रतिस्पर्धा हुनेछ । २१ गते ललितपुरको फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेड, २२ गते बाई पाएका मच्छिन्द्र क्लब, काठमाडौँले एपीएफ र चित्लाङ बीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको सेमिफाइनल खेल २३ गते र २४ गते हुनेछ भने फाइनल खेल वैशाख २६ गते हुनेछ । प्रतियोगितामा आयोजकसहित १० टिम सहभागी रहेको छ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ, विधागत उत्कृष्टहरुले २५–२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १०–१० हजार प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप