रवि भन्छन्– समय कुरेर मात्र बसिरहन सकिँदैन, नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ
बुधबार, १६ वैशाख २०८३, १५ : ३६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संवैधानिक निकायहरू खाली रहेको र समय कुरेर बस्न नसकिने बताएका छन्।
- उनले जनअपेक्षा अनुसार काम गर्नका लागि सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक रहेको बताए।
- संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विवादमा परेका बेला लामिछानेले सरकारको बचाउ गरेका हुन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले धेरै संवैधानिक निकाय खाली रहेकाले समय कुरेर बस्न नसक्ने बताएका छन् ।
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विवादमा तानिएपछि रविले सरकारको बचाउ गरेका हुन्।
बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा उनले जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक रहेको बताएका छन्।
‘कैयौँ संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन्, महत्त्वपूर्ण निर्णयहरू लिन व्यवहारिक कठिनाइ हुँदै छ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्। धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन। जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ’,रविले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण