बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आमा छोरीले विकास गरे अन्डा आकारको खरबुजा

बुधबार, १६ वैशाख २०८३, १५ : ३७
बुधबार, १६ वैशाख २०८३

सारांश

  • आमा र छोरीको एक जोडीले परम्परागत ठूलो आकारको खरबुजालाई अण्डाजत्रो सानो आकारमा विकास गरेका छन् ।
  • गैर जीएमओ रासायनिक उत्परिवर्तन विधि प्रयोग गरी खरबुजाको आकारलाई ८० देखि २०० ग्रामसम्म झारिएको छ ।
  • यस सानो आकारको खरबुजाले हरितगृह र भर्टिकल फार्मिङमा उत्पादन बढाउने तथा खाना खेर जाने समस्या घटाउने अपेक्षा गरिएको छ ।

वाशिङटन डीसी । परम्परागत रूपमा खरबुजा ठुलो आकारको हुन्छ । लामो लहरामा फल्ने यो फल हरितगृह वा भर्टिकल खेतीका लागि चुनौतीपूर्ण बाली मानिन्छ ।

तर आमा–छोरीको एक जोडीले यस समस्याको अनौठो समाधान निकाल्दै अण्डाजत्रो सानो खरबुजा विकास गरेका छन् ।

अमेरिकी किशोरी अनुसन्धानकर्ता डेलानी राप्टिस र उनकी आमाले २०२१ देखि सुरु गरेको एउटा अनौठो प्रजनन कार्यक्रममार्फत खरबुजाको आकारलाई नाटकीय रूपमा घटाउन सफल भएका छन् । उनीहरूले गैरजीएमओ रासायनिक उत्परिवर्तन विधि प्रयोग गरेर खरबुजालाई ८० देखि २०० ग्रामसम्मको सानो आकारमा झारेका छन् । केहीको आकार कुखुराको अण्डा जत्तिकै साना छन् । 

उक्त टोलीका अनुसार सानो भए पनि फलको मुख्य विशेषता जस्तैः मिठास, रातो रंग वा सुन्तला रंगलको गुदी र बाहिरी पत्र ठुलो खरबुजाको जस्तै साह्रो छ । उनीहरूको लक्ष्य उपभोक्ताले अपेक्षा गर्ने गुणस्तर कायम राख्दै आकार घटाउनु थियो ।

यस अनुसन्धानको मुख्य उद्देश्य उच्च घनत्व भएको हरितगृह र भर्टिकल फार्मिङ प्रणालीमा उत्पादन बढाउनु हो, जहाँ प्रतिवर्गमिटर अधिक उत्पादन महत्त्वपूर्ण हुन्छ । सानो आकारको फल एक पटकमै खान मिल्ने र खाना खेर जाने समस्या पनि घटाउन सक्ने बताइएको छ । यी साना खरबुजाका बिउहरू पनि सामान्यभन्दा साना पाइएको छ ।

यद्यपि यसको बोक्रा खान मिल्ने हो वा होइन भन्ने विषयमा अझै स्पष्ट जानकारी आएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप