खानेकुरामा साङ्लो भेटिएपछि न्यूरोडको ‘शिव फुड्स’ लाई ५० हजार रुपैयाँ जरिवाना
सारांश
- न्यूरोडस्थित श्री शिव फुड्स प्रा.लि. लाई काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
- सो पसलले बिक्री गर्ने खाद्य वस्तुमा साङ्लो भेटिएपछि महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले कारबाही गरेको हो ।
- एक उपभोक्ताले खाद्य वस्तुमा साङ्लो भेटिएको भन्दै उजुरी गरेपछि महानगरपालिकाले अनुसन्धान गरी जरिवानाको निर्णय गरेको हो ।
काठमाडौँ । काठमाडौँको न्यूरोडस्थित ‘श्री शिव फुड्स प्रा.लि.’ लाई काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । उक्त पसलले बिक्री गर्ने खाद्य वस्तुमा साङ्लो (किरा) भेटिएपछि महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले सो कारबाही गरेको हो ।
वैशाख १६ गते एक उपभोक्ताले न्यूरोडमा रहेको शिव फुड्सबाट खरिद गरेको खाद्य वस्तुमा साङ्लो भेटिएको भन्दै महानगरमा उजुरी दिएका थिए ।
उजुरीकर्ताले प्रमाणका रूपमा फोटो र भिडियो समेत पेश गरेका थिए । प्राप्त प्रमाणहरूको अध्ययन र अनुसन्धान गर्दा उक्त खाद्य वस्तुमा साङ्लोजस्तो देखिने किट रहेको पुष्टि भएको महानगरको प्रतिवेदनमा उल्लेख छ ।
महानगरको कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेले उक्त व्यवसायलाई ५० हजार रुपैयाँ जरिवाना असुल गर्न र आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउन निर्देशन दिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण