बलात्कार र हत्या मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । बलात्कार र हत्या मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङको गल्कोट नगरपालिका–९ घर भएर नवलपरासी पूर्व बस्दै आएका ३१ वर्षीय सञ्जय बिक छन् ।
२०८० मंसिर ५ मा तनहुँ घर भएर पोखरा बस्ने ३९ वर्षीया सुकु बिकलाई पोखराको होटलमा लगेर प्रतिवादीले बलात्कार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। सो मुद्दामा कास्की जिल्ला अदालतले उनलाई जन्मकैद हुने फैसला गरेको थियो । कैद भुक्तानको लागी कारागार बसेका उनी भदौ २४ मा जेनजी आन्दोलन हुँदा भागेका थिए ।
मंगलबार उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए।
सञ्जय बिक २०८२ चैत २२ मा नवलपरासी पूर्व स्थित देवचुली नगरपालिका–१६ स्थित टाँडीकोटको लुटपाटमा पनि संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
टाँडीकोटमा ७५ वर्षीय जीवनराम थनेत र ७० वर्षीया गुलाबसिनिया थनेतलाई कुटपिट गरेर आरोपीहरूले गहना र धनमाल लुटेका थिए।
आक्रमणकारीको कुटपिटबाट जिवनरामको मृत्यु भएको थियो। सो घटनामा संलग्नताको आशङ्कामा उनलाई थप अनुसन्धानको लागी नवलपरासी पूर्वमा पठाइएको एसपी कार्कीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण