सलमान खानको फिल्ममा राजपाल यादवको इन्ट्री
सारांश
- राजपाल यादवले सलमान खान र नयनतारा अभिनित फिल्म 'एसभीसी ६३' को छायांकन सुरु गरेका छन् ।
- राजपालले फिल्ममा सलमानको राइट ह्यान्ड म्यानको भूमिका निर्वाह गर्नेछन्, जसको चरित्र हास्यप्रधान हुने बताइएको छ ।
- यो फिल्म २०२७ को इदमा रिलिज हुने एक एक्सन थ्रिलर हो, जसमा सलमानको नयनतारा, वाम्शी पैदिपल्ली र दिल राजुसँग पहिलो सहकार्य हुनेछ ।
नयाँ दिल्ली । बलिउड अभिनेता राजपाल यादवले सलमान खान र नयनतारा अभिनित फिल्म 'एसभीसी ६३' को छायांकन सुरु गरेका छन् ।
राजपालले फिल्ममा सलमानको राइट ह्यान्ड म्यानको भूमिका निर्वाह गर्ने खबर आएको छ । रिपोर्टअनुसार राजपालको चरित्र केवल सहायक नभएर कथाको सबैभन्दा जरुरी हिस्सामध्ये एक हो । निर्माताहरूले राजपाललाई यस भूमिकाको लागि सबैभन्दा उपयुक्त ठानेका अनि सलमानले पनि उनलाई उत्तम विकल्प मानेको बताइएको छ ।
फिल्ममा राजपालको छायांकन मेमा सुरु हुने तालिका थियो, तर उनले समयभन्दा अगाडि नै छायांकन सुरु गरेका छन् । उनको चरित्र हास्यप्रधान हुनेछ, जसले फिल्मको गम्भीर एक्सन टोनमा हल्कापनको मनोरञ्जन थप्ने बताइएको छ । यो फिल्म अभिनेत्री नयनतारा, निर्देशक वाम्शी पैदिपल्ली र निर्माता दिल राजुसँग सलमानको पहिलो सहकार्य हो । अस्थायी रूपमा 'सीभीसी ६३' शीर्षक भएको यो फिल्म एक एक्सन थ्रिलर हुनेछ । यो २०२७ को इदमा रिलिज हुनेछ ।
राजपाल यादव हालै अक्षय कुमार अभिनीत र प्रियदर्शन निर्देशित फिल्म 'भूत बंगला'मा देखिएका थिए । यो फिल्म २०२६ को अप्रिल १७ मा थिएटरमा रिलिज भएको थियो । हालै एउटा अवार्ड कार्यक्रममा राजपालको खिल्ली उडाइएपछि सलमानको समर्थनमा आएका थिए । समारोहमा राजपाल यादवले बढ्दो डलरको दरबारे बोलेका थिए । त्यस समय अवार्ड होस्ट गरिरहेका पत्रकार सौरभ द्विवेदीले र डलरको दर बढोस् वा घटोस् उधारो लिएको रकम तिर्नुर्ने भन्दै चेक बाउन्स प्रकरणलाई लिएर राजपालको खिल्ली उडाएका थिए ।
यसको भिडियो बाहिर आएपछि सलमानले आफ्नो आधिकारिक एक्स एकाउन्टमा एउटा पोस्ट सेयर गर्दै लेखे, ‘राजपाल भाइ, तपाईं ३० वर्षदेखि काम गर्दै हुनुहुन्छ र हामी सबैले तपाईंलाई बारम्बार लिइरहन्छौं किनकि तपाईंलाई आफ्नो शिल्प थाहा छ र तपाईंले भ्यालु थप्नुहुन्छ । वास्तविकता यो हो कि तपाईंले प्रशस्त काम पाउनुहुनेछ र यही डलरको दरमा पाउनुहुनेछ ।’
यसअघि चेक बाउन्स मुद्दामा आत्मसमर्पण गरेपछि राजपाल तिहाड जेलमा थुनिएका थिए । त्यतिबेला पनि सलमानले उनलाई आर्थिक सहयोग गरेको खबर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण