निजी क्षेत्रबिच व्यावसायिक एकता र सहकार्य आवश्यक : पूर्वअध्यक्ष मल्ल
सारांश
- नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका छाता सङ्गठनहरूबिच व्यावसायिक एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
- उनले निर्वाचनको हारजितलाई बिर्सेर निजी क्षेत्रको हकहितका लागि एकताबद्ध हुनुपर्ने र निर्वाचित नेतृत्वसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
- उनले नीतिगत अस्पष्टता, झन्झटिलो व्यवस्था र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै निजी क्षेत्रका समस्या समाधानका लागि एकीकृत पहलको आवश्यकता औँल्याए ।
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका छाता सङ्गठनहरूबिच व्यावसायिक एकता र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को निर्वाचनको सन्दर्भमा बोल्दै उनले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएको र यसको समापनसँगै सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने बताए । पूर्वअध्यक्ष मल्लले निर्वाचनमा हुने हार–जितलाई बिर्सेर निजी क्षेत्रको हकहितका लागि एकताबद्ध हुनुपर्ने धारणा राखे । उनले महासंघमा निर्वाचित भएर आउने नयाँ नेतृत्वसँग नेपाल चेम्बर अफ कमर्सले सधैँझैँ सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
वर्तमान समयमा निजी क्षेत्रले विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै मल्लले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । सरकारले दिने आश्वासन र व्यवहारमा भिन्नता रहेको उनले बताए ।
नीतिगत अस्पष्टता र झन्झटिलो व्यवस्थाका कारण व्यवसायीहरू मर्कामा परेको उनको तर्क छ । हालै देखिएको ‘एमआर’ (बजार अनुगमन/नियमन) सम्बन्धी समस्याबारे चेम्बरले वाणिज्य मन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिँदै उनले सरकारले नीति निर्माण गर्दा निजी क्षेत्रसँग पर्याप्त छलफल नगरेको गुनासो गरे ।
कानूनको शासनलाई आत्मसात गर्दै निजी क्षेत्रका समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघजस्ता संस्थाहरूले सक्रिय र एकीकृत रूपमा पहल गर्नुपर्नेमा उनले विशेष जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण