प्रचण्ड रुकुम पूर्वमा, जिल्लास्तरीय बैठक सुरु
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' रुकुम पूर्वमा जिल्लास्तरीय बैठकका लागि आइपुगेका छन् ।
- प्रचण्डले रुकुम पूर्वमा दुई दिन राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ, जसमा जिल्ला समितिको बैठक, कर्मचारी र कार्यकर्ता भेटघाट तथा पत्रकार सम्मेलन समावेश छ ।
- रुकुम पूर्वको कार्यक्रमपछि प्रचण्ड रोल्पाको थबाङमा प्रगतिशील सङ्गीत उत्सवको उद्घाटन गर्न जानेछन् ।
रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चुनावको समीक्षा तथा पार्टी बैठकका लागि रुकुम पूर्व आइपुगेका छन् ।
रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका संयोजक प्रचण्डको उपस्थितिमा रुकुमकोटमा जिल्लास्तरीय बैठक सुरु भएको छ । पार्टीका केन्द्रीय सदस्य केशव रावलले दिएको जानकारी अनुसार, आज बिहान १० बजे रुकुमकोट आइपुगेका प्रचण्डलाई स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए । स्वागतपश्चात् दिउँसो १२ बजेदेखि जिल्ला पार्टी कार्यालयमा जिल्ला समितिको विस्तारित बैठक सुरु भएको हो ।
प्रचण्डले आज र भोलि रुकुम पूर्वमा सक्रिय राजनीतिक भेटघाट गर्ने कार्यतालिका छ । आज दिनभर जिल्ला समितिको बैठकमा व्यस्त रहने र साँझ कर्मचारीहरू संग भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनले भोलि वैशाख १८ गते बिहान ८ बजे पत्रकार सम्मेलन गर्नेछन् । त्यसलगत्तै बिहान ९ देखि ११ बजेसम्म पार्टी कार्यालयमा कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट र दिउँसो १२ देखि ३ बजेसम्म सिस्ने गाउँपालिकाको सभाहलमा बैठकको बाँकी काम सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।
थबाङमा प्रगतिशील सङ्गीत उत्सवको उद्घाटन
रुकुम पूर्वको कार्यक्रम समापन गरी संयोजक प्रचण्ड भोलि (वैशाख १८ गते) दिउँसो ३ बजे रोल्पाको ऐतिहासिक क्षेत्र थबाङ प्रस्थान गर्नेछन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको आयोजना र थबाङ गाउँपालिकाको मुख्य प्रायोजनमा हुन लागेको ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ को उनले वैशाख १९ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
रोल्पा कला साहित्य प्रतिष्ठान सह-आयोजक रहेको उक्त उत्सव वैशाख १९ र २० गते दुई दिनसम्म चल्नेछ । जनयुद्धको उद्गमस्थल थबाङमा आयोजना हुन लागेको यस उत्सवलाई सांस्कृतिक क्रान्ति र प्रगतिशील चिन्तन प्रवर्द्धन गर्ने महत्त्वपूर्ण कडीको रूपमा हेरिएको छ ।पार्टी सुदृढीकरण र सांस्कृतिक अभियानलाई जोड्न प्रचण्डको यो रुकुम–रोल्पा भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण