डलरको तुलनामा भारु हालसम्मकै कमजोर
सारांश
- बिहीबार भारतीय मुद्रा रुपयाँको भाउ ऐतिहासिक न्यून स्तरमा झरेको छ ।
- इरान युद्धका कारण कच्चा तेलको भाउ बढेर २०२२ यताकै उच्च स्तरमा पुगेपछि भारु कमजोर बनेको हो ।
- यसको प्रभावले सेयर बजारमा पहिरो गएको छ ।
नयाँ दिल्ली । भारतीय मुद्रा रुपयाँको भाउ बिहीबार ऐतिहासिक न्यून स्तरमा झरेको छ ।
इरान युद्धका कारण विश्व बजारमा कच्चा तेलको भाउ बढेर २०२२ यताकै उच्च स्तरमा पुगेपछि आयातमा निर्भर भारती अर्थतन्त्रमा महँगी र आर्थिक वृद्धिबीच सन्तुलन बिगार्ने चिन्ता बढिरहँदा भारु कमजोर बनेको हो । बिहीबार घरेलु मुद्रा बजारमा भारु डलर विनिमय दर ९५ रुपैयाँ ३२५० कायम भएको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा शून्य दशमलव ५ प्रतिशत कम हो ।
यो विनिमय दरले गत मार्चको अन्त्यमा कायम भएको ९५ रुपैयाँ २१ पैसाको अघिल्लो विनिमय रेकर्डलाई पनि उछिनेको छ ।
पश्चिम एसियामा जारी तनाव र तेल तथा ग्यास आपूर्ति हुने प्रमुख मार्ग स्टेट अफ होर्मुज ठप्प प्रायः बनेको अवस्थामा तेलमा निर्भर एसियाली देशहरू इन्डोनेसिया, फिलिपिन्स र थाइल्याडका मुद्राहरू रुपैयाँ, पेसो र भाट पनि डलरको तुलनामा निकै कमजोर बनेका छन् । यसको प्रमुख कारण कच्चा तेलको अन्तरराष्ट्रिय मापदन्ड ब्रेन्ट क्रुडको भाउ बढेर प्रति ब्यारेल १२६ डलर पुगेको हो ।
यो २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयताकै उच्च हो । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले गएको महिना भारु भाउलाई टेवा दिन नियामकीय कदम चालेको थियो । यसले रुपयालाई केही समयका लागि स्थिर पनि बनाएको थियो । तर हालैका दिनमा भारुको अवमूल्यनले ती वृद्धि मेटाएको छ । यद्यपि, आरबीआईले फेरि नयाँ उपायहरू ल्याइने सम्भावना रहेको विश्लेषकहरू अड्कल गरिरहेका छन् ।
अष्ट्रेलियाली बहुराष्ट्रिय बैंक एएनजेडका अर्थशास्त्री धिराज निमका अनुसार केन्द्रीय बैंकका कदमहरूले सट्टेबाजी गर्ने गतिविधि केही कम गरे पनि चालु खातामा पर्ने तनाव अझ पूर्ण रूपमा देखिन बाँकी छ । सन् २०२६ मा हालसम्म भारु डलरको तुलनामा झन्डै ६ प्रतिशत कमजोर भइसकेको छ । गएको वर्षभरि डलरको तुलनामा भारुको भाउ ६ प्रतिशतले घटेको थियो । यस अवधिमा भारतको बाह्य क्षेत्रले अमेरिकी व्यापार तनाव, पूँजी प्रवाहमा कमी र हालैको ऊर्जा आपूर्ति संकटजस्ता चुनौतीहरू भोगिरहेको छ ।
बेलायती बहुराष्ट्रिय बैंक एचएसबीसीका अनुसार तेलको मूल्य औसत ८० डलर रह्यो भने भारतको जीडीपी वृद्धि ७ प्रतिशतबाट घटेर ६.३ प्रतिशतमा झर्नेछ र १०० डलर नजिक रहिरहेमा यो ६ प्रतिशतमा सीमित हुन सक्छ । रुपयाको निरन्तर अवमूल्यनले विदेशी लगानीकर्ताको प्रतिफल घटाउने र आयात महँगो बनाउने भएकाले मुद्रास्फीति अझ बढ्न सक्छ । यही चिन्ताका कारण मार्च र अप्रिलमा विदेशी लगानीकर्ताहरूले २० अर्ब डलरभन्दा बढीका भारतीय सेयर र बन्ड बिक्री गरिसकेका छन्, जुन सन् २०२५ भरि भारतीय पूँजी बजारबाट बाहिरिएको कुल ११.८ अर्ब डलरभन्दा झन्डै दोब्बर हो ।
यस्तोमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)को कठोर मौद्रिक नीतिले पनि भारुमाथि थप दबाब सिर्जना गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरूमा महिनौँ लामो नाकाबन्दीको प्रभाव न्यूनीकरण गर्नेबारे छलफल गरिरहेका त छन्, तर इरानमा जारी अनिश्चयलले विश्व बजारलाई तस्त्र बनाएको छ । ऊर्जा आपूर्तिमा उत्पन्न अवरोधले एकैपटक आर्थिक वृद्धि सुस्त बनाउने र मुद्रास्फीति बढाएर मन्दी–मूल्यवृद्धि जोखिम बढाएको विश्लेषकहरू बताउँछन् ।
सेन्सेक्समा पहिरो
यसैबीच भारतीय सेयर बजारमा पहिरो गएको छ । तेलको भाउ बढेर चार वर्षकै उच्च बिन्दुमा उक्लिएको, डलर भारु विनिमय दर कीर्तिमानी न्यून स्तरमा ओर्लिएको अवस्थामा लगानीकर्ताको मनोबल खस्किएको हो । बिहान ११ बजेको कारोबारमा प्रमुख सेयर परिसूचक सेन्सेक्स १ हजार २०० अंकले घटेर ७६ हजार ४०० अंकमा आएको थियो । अर्को प्रमुख सेयर परिसूचक निफ्टी पनि ३५० अंकभन्दा धेरैले घटेर २३ हजार ८५० अंकमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण