उपत्यका नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण गरिने भएपछि सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
सारांश
- सरकारले आजदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू स्थानान्तरण गर्न लागेको छ ।
- जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ र सरसामान सार्न सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।
- पहचान भएका परिवारलाई आवश्यक सहयोग प्रदान गरिनेछ र पुनः स्थापनाका लागि प्रक्रिया अघि बढाइनेछ ।
काठमाडौँ । दोस्रो चरणअन्तर्गत सरकारले आजदेखि काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्दै छ । यससँगै आज डोजर चल्ने स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
स्थानान्तरण गर्न लागिएको बस्तीका सरसामान सार्न सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् । आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन पनि बसको व्यवस्था गरिएको छ ।
_dma4BW8BLX.jpg)
मन्त्रालयले तत्काल स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्श सेवाको व्यवस्थासमेत गरेको छ । यी सेवा प्राथमिक दर्ता केन्द्र र होल्डिङ सेन्टर दुवै स्थानमा उपलब्ध हुनेछन् ।
_L4HhhkqIZ5.jpg)
सङ्कलित विवरणका आधारमा सुकुम्वासीको पहिचान तथा प्रमाणीकरण गरिनेछ । पहिचान हुन नसकेका व्यक्तिहरूलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ । पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग प्रदान गरिने र पुनः स्थापनाका लागि थप प्रक्रिया अघि बढाइने छ ।
_7uhpj8gTl7.jpg)
विगतमा नदी किनार अतिक्रमण गरी भाडा वा व्यापार सञ्चालन गरेका तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको छानबिन गरिने र दोषी ठहरिए कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
_iJQegdyFNv.jpg)
_yyghsfTrEx.jpg)
_Ie7BhY0Sl0.jpg)
_PikZppwFtf.jpg)
_8IyYoKduYA.jpg)
_HKiiCRf4bn.jpg)
_kk0dCTHY2Q.jpg)
_KTnW5A3CKb.jpg)
_QbueCsDtvE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते
-
अमेरिकाले रच्यो ९६ वर्ष पुरानो इतिहास, अस्ट्रेलियालाई हराउँदै नकआउट चरणमा
-
डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
-
पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण