‘काजी’को गीत ‘वारि बर पारी पिपलु’: विपिन र केकीको पारिवारिक कथा
सारांश
- लक्ष्मण रिजाल निर्देशित फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक भएको छ ।
- गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी नव विवाहित जोडीको भूमिकामा देखिएका छन् ।
- फिल्म भावनात्मक तथा सामाजिक कथामा आधारित छ र आगामी जेठ ८ गतेबाट देशभर प्रदर्शन हुनेछ ।
काठमाडौँ । लक्ष्मण रिजाल निर्देशित फिल्म ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गीतले फिल्मको कथासार बुझाउन खोजेको छ । चर्चित संगीतकार काली प्रसाद बास्कोटाको शब्द तथा संगीत रहेको गीतमा गांगा सोनाम र करण परियारको स्वर छ ।
पतिपत्नीबीचको प्रेम कथामा आधारित गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी नव विवाहित जोडीको भूमिकामा देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा विपिन र केकीको प्रेमिल दैनिकीसँगै बिहानको पूजापाठदेखि खेतबारीको कामको दृश्य समेटिएको छ ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन् । केकी र विपिनसहित फिल्ममा गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी र बाल कलाकार दिक्षिता अर्याल, आरव बराल, सुपला सापकोटाले लगायत कलाकारले अभिनय छ ।
फिल्म भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटाहरूलाई उजागर गर्ने प्रयास गरेको छ । आगामी जेठ ८ गतेबाट देशभर प्रदर्शन हुने फिल्ममा प्रदीप भारद्धाजको कथा लेखन, चिन्तन राजभण्डारी छ । असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मका निर्माता रामप्रसाद रिजाल, नेहान रिजाल र विकाशराज जोशी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण