गुहेश्वरीमा पूजा गर्दै ‘अक्षरा’को मुहूर्त
सारांश
- विनयराज पौडेलको निर्देशन रहने फिल्म ‘अक्षरा’को शुभमुहूर्त गुहेश्वरी मन्दिरमा गरिएको छ।
- फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, शुशिल पोखरेल लगायतका कलाकारहरुको अभिनय रहनेछ।
- क्षित बाबू प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने यस फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवीले तयार पारेका छन्।
काठमाडौँ । विनयराज पौडेलको निर्देशन रहने फिल्म ‘अक्षरा’को शुभमुहूर्त गरिएको छ। शुक्रबार बिहान गुहेश्वरी मन्दिरमा फिल्मको स्क्रिप्ट पूजा गर्दै औपचारिक सुरुवात गरिएको हो ।
फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, शुशिल पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको अभिनय रहने फिल्ममा बालकालकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगाना पनि देखिनेछन्। क्षित बाबू प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने यस फिल्ममा गीत सुरेन्द्र राना र संगीतकार कर्णराज गिरी, कोरियोग्राफी रामजी लामिछाने र द्वन्द्व निर्देशन शङ्कर महर्जनको रहनेछ।
फिल्मको वितरण नेशनल सिने ग्रुप नेपाल प्रा.लि.मार्फत दीपक दंगालले गर्नेछन्। कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहेका छन् । फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवीले तयार पारेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण