राष्ट्रपति ट्रम्पका विशेष दूत गोरलाई प्रधानमन्त्री बालेनले नभेट्ने
सारांश
- नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत सर्जियो गोरलाई प्रधानमन्त्री बालेन्द्र शाहले भेट्ने कार्यक्रम नरहेको जनाइएको छ ।
- गोरले परराष्ट्रमन्त्री र अर्थमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको छ ।
- शाह आन्तरिक सुशासनका काममा व्यस्त रहेकाले भेटघाट नहुने बताइएको छ ।
काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत सर्जियो गोरलाई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नभेट्ने भएका छन् । गोर बिहीबारदेखि तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौँ छन् ।
भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शुक्रबार भेट्दै छन् । तर प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेट भने नहुने भएको छ ।
‘प्रधानमन्त्रीज्यू, आन्तरिक सुशासनका काममा व्यस्त हुनुहुन्छ’, प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले रातोपाटीसँग भनिन्, ‘गोरसँगको भेटघाट रहेको छैन । हुँदैन ।’
प्रधानमन्त्री शाहले अहिलेसम्म कुनै पनि विदेशी कूटनीतिज्ञहरूसँग एक्लै भेटेका छैनन् ।
चैत १३ गते प्रधानमन्त्रीमा नियुक्तलगत्तै उनले नेपालमा रहेका विदेशी कूटनीतिज्ञहरूसँग सिंहदरबारमा सामूहिक भेट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण