लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न ३४ जनालाई पक्राउ गरेको हो । प्रहरीले झापा, सुनसरी, कैलाली, चितवन, कास्की, काठमाडौँलगायत जिल्लाबाट लागुऔषधसहित ३४ जना पक्राउ गरेको हो ।
काठमाडौँको दक्षिणकाली नगरपालिका-५, बुढानिलकण्ठ नगरपालिका-६ र चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट एक/एक जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ बाट दुई, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ बाट दुई जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
त्यस्तै, कैलालीको भजनी नगरपालिका-३ र धनगढी उपमहानगरपालिका-६ बाट एक/एक, इलामको सूर्योदय नगरपालिका-७ हर्कटेबाट दुई, सुनसरीको दुहवी नगरपालिका-१०, बराहक्षेत्र नगरपालिका-२ पुनर्वास र धरान उपमहानगरपालिका-१७ बाट एक/एक जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका-११ भोजाडबाट तीन, भरतपुर महानगरपालिका-१ आँपटारीबाट एक, राप्ती नगरपालिका-११ डुम्रेखाडी जङ्गलबाट एक जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-१८ लामागाउँबाट दुई जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका-३ सामादैजीबाट एक, बेलौरी नगरपालिका-१० सडकघाटबाट चार जना पक्राउ परेका इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । जाजरकोटको शिवालय गाउँपालिका- छेडाचौरबाट अवैध लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्साको पोखरिया नगरपालिका-४ बाट एक जना पक्राउ परेका इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट दुई, मोरङको सुन्दरहरैँचा नगरपालिका-९ बाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण