जबरजस्ती करणीमा १२ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
शनिबार, १९ वैशाख २०८३, १७ : १०
सारांश
- जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई सुनसरीबाट पक्राउ गरेको छ।
- उच्च अदालत विराटनगरले १२ वर्ष कैद र २० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएका प्रतिवादी आकाश राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
- फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
उच्च अदालत विराटनगर, धनकुटा इजलासले २०८० असोज ९ गते १२ वर्ष कैद र २० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएका २८ वर्षीय तिलक भन्ने आकाश राईलाई प्रहरीले सुनसरीबाट नियन्त्रणमा लिएको हो।
संखुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर १ स्थायी घर भएका राई लामो समयदेखि फरार रहँदै आएका थिए। उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको विशेष टोलीले २०८३ वैशाख १८ गते साँझ ६:५० बजेतिर सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १ बाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण