आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

शनिबार, १९ वैशाख २०८३, १९ : ३६
शनिबार, १९ वैशाख २०८३

काठमाडौँ । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर–४ का वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा सदस्य ६३ वर्षीय मक्क बहादुर रोकायालाई पक्राउ गरिएको हुम्लाका डीएसपी शंकर खड्काले रातोपाटीलाई बताए । शनिवार पक्राउ परेका रोकायाको साथबाट प्रहरीले एकथान भरुवा बन्दुक, फलामको रटको गोली १२ थान, ढुंगाको गोली ७ थान र बारुद ९० ग्राम बरामद गरेको छ । 

रोकाया नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । प्रहरीले आरोपी बिरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप