आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

बागलुङमा ६५ जना सवारी चालकको लागू पदार्थ सेवन जाँच्दा १४ जना कारबाहीमा

आइतबार, २० वैशाख २०८३, ०७ : ४६
आइतबार, २० वैशाख २०८३

सारांश

  • लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना चालक बागलुङमा कारबाहीमा परेका छन् ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ६५ जना चालकमा गरेको लागुऔषध सेवन जाँच अभियानमा १४ जनामा पोजेटिभ भेटिएको हो ।
  • चालु आर्थिक वर्षको ९ महिनामा बागलुङमा १५ वटा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

पोखरा । बागलुङमा लागू पर्दा सेवन गरेर सवारी चलाउनेहरू भेटिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको लापसे जाँच अभियान अन्तर्गत ६५ जनामा चेकजाँच गर्दा १४ जनालाई कारबाही गरिएको छ । चालकले लागुऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटना बढी हुन थालेको गुनासोपछि यो अभियान सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख वरिष्ठ सई मीनबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार, बागलुङ नगरपालिकाको मालढुंगा, काठेखोलाको अक्षते, गलकोट नगरपालिकाको हटिया र बडिगाडको ग्वालीचौर बजार क्षेत्रमा ६५ जनामा लागुऔषध किट प्रयोग गरेर चेकजाँच गर्दा १४ जना चालकमा पोजेटिभ भेटिएको हो ।

लागुपदार्थ सेवन गरेको पाइएपछि एक इभी भ्यान, स्कारपियो, चार ट्याक्टर, चार पिकअप भ्यान, दुई मोटरसाइकल, अटो र टिपर चालकलाई नियन्त्रणमा लिएर लागुपदार्थ ऐनअन्तर्गत कार्वाही गरी छाडिएको उनले सुनाए । जिल्लाभर चालु वर्षको ९ महिनामा १५ वटा दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप