पहिरोका कारण कान्ति लोकपथ र अरनिको राजमार्ग ठप्प
सारांश
- निरन्तर वर्षाका कारण कान्ति लोकपथ र अरनिको राजमार्ग पहिरोका कारण ठप्प भएका छन्।
- बागमती, गण्डकी र कोशी प्रदेशका मुख्य सडक खण्डहरूमा पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ।
- मध्यपहाडी लोकमार्ग र बेनी-जोमसोम सडकखण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध वा एकतर्फी सञ्चालनमा छ।
काठमाडौँ । पछिल्लो केही दिनदेखिको निरन्तर वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बागमती, गण्डकी र कोशी प्रदेशका मुख्य सडक खण्डहरूमा अवरोध देखिएको छ।
काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक छोटो दुरीको मार्ग कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुर र मकवानपुरको भीमफेदी गाउँपालिका–८ भन्ज्याङडाँडामा आज बिहान ५ः५५ बजे पहिरो खसेका कारण यो सडक ठप्प भएको हो।
त्यसैगरी अरनिको राजमार्ग पनि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। यो सडक भदौ १६ गतेदेखि नै अवरुद्ध रहँदै आएको छ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङमा आज बिहान ६स्५० बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।
यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा पहिरोका कारण सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग प्रभावित भएको छ। यद्यपि, त्यहाँ वैकल्पिक बाटो प्रयोग गरी यातायातलाई एकतर्फी रूपमा सुचारु गरिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण