मकवानपुरको भैँसेमा सुमोको ठक्करबाट मोटरसाइकल चालक घाइते
आइतबार, २० वैशाख २०८३, १५ : १०
सारांश
- मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–२ स्थित भैँसेमा ना.१ ज ३३५४ नम्बरको सुमोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०२–०५४ प १८११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक गम्भीर घाइते भएका छन् ।
- दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि हेटौँडा पठाइएको छ ।
- घटनास्थलमा पुगेको प्रहरी टोलीले सुमो चालकलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–२ स्थित भैँसेमा सुमोले मोटरसाइकललाई ठक्कर दिएको छ ।
आइतबार हेटौंडाबाट काठमाडौँ आउँदै गरेको ना.१ ज ३३५४ नम्बरको सुमोले ठक्कर दिँदा बागमती प्रदेश–०२–०५४ प १८११ नम्बरको मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
मोटरसाइकल विपरीत दिशाबाट हेटौँडातर्फ जाँदै थियो । दुर्घटनामा परेर घाइते भएका चालकलाई उपचारको लागी हेटौँडा पठाइएको दुर्घटनाका प्रत्यक्षदर्शी विजय शाहले रातोपाटीलाई बताए ।
घटना स्थलमा ट्राफिक प्रहरी दिवस कुमार चौरसिया नेतृत्वको टिम पुगेको छ । टाटा सुमो चालक प्रहरीको नियन्त्रणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण