स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेशमा ६ वटा प्रतिष्ठानका प्रावधान फेरबदल (पूर्णपाठ)
सारांश
- सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ जारी गरेको छ।
- संघीय संसद्को अधिवेशन नभएको अवस्थामा तत्काल संशोधन आवश्यक देखिएकाले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यो अध्यादेश ल्याइएको हो।
- अध्यादेशमार्फत बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूको नियुक्ति, पदावधि र केही प्रशासनिक अधिकारसँग सम्बन्धित दफाहरूमा संशोधन गरिएको छ।
काठमाडौँ । सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ जारी गरेको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी भएको उक्त अध्यादेश आजको नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
संघीय संसद्को अधिवेशन नभएको अवस्थामा तत्काल संशोधन आवश्यक देखिएकाले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यो अध्यादेश ल्याइएको राजपत्रमा उल्लेख छ ।
अध्यादेशमार्फत नेपालका प्रमुख ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ऐनमा रहेका विभिन्न दफा तथा उपदफाहरू झिकिएका वा खारेज गरिएका छन् ।
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रावधानमा हेरफेर गरिएको छ ।
विशेष गरी यी प्रतिष्ठानका पदाधिकारीहरूको नियुक्ति, पदावधि र केही प्रशासनिक अधिकारसँग सम्बन्धित दफाहरूमा संशोधन गरिएको देखिएको छ। जसअनुसार उनीहरू पदमुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण