सुकुमबासी शिविरमा चिकित्सकसहितको स्वास्थ्य टोली
भक्तपुर । यहाँका सुकुमबासी राखिएको दुई शिविरमा आज चिकित्सकसहितको स्वास्थ्य टोलीले स्वास्थ्य परीक्षण र उपचार शिविर सञ्चालन गरिएको छ ।
मध्यपुरथिमि नगरपालिकास्थित कृषि विकास तालिम केन्द्रको भवन र खरिपाटीस्थित चाँंगुनारायण नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिएका सुकुमबासी शिविरमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको हो ।
बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगर र स्वास्थ्य सचिव डा सुमित्रा गौतमले तत्काल भक्तपुरका दुई सरकारी कार्यालयमा राखिएका सुकुमबासी शिविरमा स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएलगत्तै आइतबार बिदाका दिनसमेत चिकित्सकको टोली दुवै सकुम्बासी शिविरमा पुगेर स्वास्थ्य परीक्षण सुरु गरेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख अञ्जना खड्काले जानकारी दिइन् ।
दुवै सुकुमबासी शिविरमा सुत्केरी महिलादेखि ज्येष्ठ नागरिकसमेतको स्वास्थ्य परीक्षण गरिएको बताउँदै उनले सुकुमबासीहरूमा मानसिक समस्या बढी देखिएको बताइन् । सोमबार पनि थप चिकित्सकहरूको टोलीले मानसिक तथा शारीरिक स्वास्थ्य सेवा र औषधि वितरण गरिने उनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण