आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

प्रिमियर लिगमा टोटनह्यामद्वारा एस्टन भिल्ला पराजित

सोमबार, २१ वैशाख २०८३, ०१ : ५५
सोमबार, २१ वैशाख २०८३

सारांश

  • इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
  • टोटनह्यामका लागि कोनोर गालाघर र रिचार्लिसनले गोल गरे ।
  • एस्टन भिल्लाका लागि एमि बुएन्डियाले सान्त्वना गोल फर्काए ।

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटनह्यामले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलमा अग्रता टोटनह्यामले लिएको थियो । खेलको १२औँ मिनेटमा कोनोर गालाघरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको केही समयपछि २५औँ मिनेटमा रिचार्लिसनले गोल थप्दै टोटनह्यामको अग्रता दोब्बर पारे ।

खेलको निर्धारित समयपछिको अतिरिक्त समयमा एस्टन भिल्लाका लागि एमि बुएन्डियाले एक सान्त्वना गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।

यो नतिजापछि, विजेता टोटनह्यामको ३५ खेलबाट ३७ अंक भएको छ । पराजित एस्टन भिल्लाको भने समान खेलमा १७ जितसहित ५८ अंक रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप