बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
फोटोफिचर

सरकारी अस्पतालमा सर्वसाधारणको भीड, तस्बिरमा हेर्नुहोस्

सोमबार, २१ वैशाख २०८३, १२ : ०७
सोमबार, २१ वैशाख २०८३

काठमाडौँ । सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार विभिन्न सरकारी अस्पतालका बहिरङ्ग (ओपीडी) लिन आउने बिरामीको चाप बढेको छ ।

पछिल्लो समय विश्वव्यापी रूपमा देखिएको इन्धन अभावको समाधानका लागि सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । राजधानीको विभिन्न सरकारी अस्पतालमा सीमित जनशक्ति र पूर्वाधारका बिच दैनिक हजारौँ बिरामीको उपचार गर्नुपर्दा स्वास्थ्य सेवा प्रभावित हुने अवस्था सिर्जना भएको चिकित्सकहरू बताउँछन् ।

Government Hospital_ (1)

राजधानीको शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायत ठुला सरकारी अस्पतालमा बिहानैदेखि लामो लाइन लाग्ने दृश्य सामान्य बनेको छ। सामान्य जाँचदेखि जटिल रोगको उपचारसम्मका लागि एउटै अस्पतालमा निर्भर रहनुपर्ने बाध्यताले सेवा लिन आउनेहरूको सङ्ख्या बढिरहेको हो।

स्वास्थ्यकर्मीका अनुसार एक जना चिकित्सकले दैनिक १०० देखि १५० जना बिरामी जाँच गर्नुपर्ने अवस्था छ, जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै बढी हो । सामान्यतया एक चिकित्सकले गुणस्तरीय सेवा दिन दैनिक ३०–४० बिरामी जाँच गर्नु उपयुक्त मानिन्छ । तर काठमाडौँका सरकारी अस्पतालमा यो अनुपात तीनदेखि चार गुणासम्म बढी देखिएको छ।

Government Hospital_

बिरामीको चापसँगै समय अभावका कारण चिकित्सकले प्रत्येक बिरामीलाई पर्याप्त समय दिन नसक्ने समस्या पनि बढेको छ । यसले उपचारको गुणस्तरमा समेत असर पार्ने जोखिम रहेको स्वास्थ्य विज्ञहरू बताउँछन्।

अर्कोतर्फ, निजी अस्पतालको सेवा महँगो हुँदा गरिब तथा न्यून आय भएका नागरिकको पहुँच बाहिर परेको छ। राजधानीका धेरै निजी अस्पतालमा सामान्य जाँचमै हजारौँ रुपैयाँ खर्च हुने भएकाले सर्वसाधारण बाध्य भएर सरकारी अस्पतालमै धाउनुपरेको छ।

Government Hospital_-880

स्वास्थ्य सेवा विभागका एक अधिकारीका अनुसार सरकारी अस्पतालमा आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार विस्तार नगरेसम्म समस्या समाधान नहुने देखिन्छ। ‘बिरामीको चाप घटाउन प्राथमिक स्वास्थ्य केन्द्र र प्रदेशस्तरका अस्पताललाई प्रभावकारी बनाउनुपर्छ,’ उनले भने।

Government Hospital_-882

विशेषज्ञहरूका अनुसार स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार र चिकित्सकको सङ्ख्या वृद्धि गरे मात्र काठमाडौँका सरकारी अस्पतालमा देखिएको अत्यधिक भीड व्यवस्थापन गर्न सकिनेछ। तस्बिर : नेपाल फोटो लाइब्रेरी 

Government Hospital_-885Government Hospital_-886Government Hospital_-887Government Hospital_-888Government Hospital_-889Government Hospital_-890Government Hospital_-891Government Hospital_-892

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप