सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
अपडेट

ललितपुरको छपेलीमा पहिरो, कान्तिलोकपथमा रोकिए यात्रु

सोमबार, २१ वैशाख २०८३, १८ : ४२
सोमबार, २१ वैशाख २०८३

सारांश

  • ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ को छपेली बजार, भट्टेडाँडामा पहिरो गएको छ।
  • पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध भएको छ।
  • राजमार्ग अवरुद्ध हुँदा १५/१६ यात्रुहरू रोकिएका छन् र डोजर प्रयोग गरी पहिरो हटाउने प्रयास भइरहेको छ।

काठमाडौंँ । ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ को छपेली बजार, भट्टेडाँडामा पहिरो जाँदा कान्तिलोकपथ ठप्प भएको छ।

 जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार पहिरोले राजमार्ग अवरुद्ध हुँदा १५/१६ यात्रुहरू रोकिएका छन्। 

‘पहिरो गएपछि हेटौँडा तर्फबाट आएका यात्रुहरू रोकिएका छन् । अहिले डोजर पठाएर पहिरो खुलाउने प्रयास भइरहेको छ । सबै यात्रुहरू सकुशल छन्,’ रातोपाटीसँग बोगटीले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप