सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

रोशी खोलाको बहावमा फस्यो ४ वटा माइक्रोबस, यात्रुको उद्धार गरिँदै

सोमबार, २१ वैशाख २०८३, २० : ३८
सोमबार, २१ वैशाख २०८३

काठमाडौँ । काभ्रेपलाञ्चोक स्थित रोशी खोलाको बहावमा ४ वटा माइक्रोबस फसेका छन्। 

 साेमबार नदीको दुई वटा धारको बिचमा माईक्रोबस फसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले रातोपाटीलाई बताए। 

रोशि गाउँपालिका–९ स्थित लास्कोट र चार सय बेशीको बिचमा माइक्रो बस र त्यसमा सवार यात्रु फसेर अलपत्र परेका हुन्। 

यात्रुलाई उद्धारको प्रयास भइरहेको डीएसपी विष्टले बताए। डिएसपी विष्टसहितका सुरक्षाकर्मी अहिले रोशी खोलामा पुगेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप