जेनजी आन्दोलनमा फरार जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ
सारांश
- पर्सा प्रहरीले जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी बेगम विकलाई वीरगञ्जबाट पक्राउ गरेको छ।
- विक जेनजी आन्दोलनका क्रममा वीरगञ्ज बाल सुधार गृहबाट फरार भएका थिए।
- अदालतले उनीमाथि ८ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
पर्सा । पर्सा प्रहरीले जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा सजाय सुनाइएका एक फरार प्रतिवादीलाई वीरगञ्जबाट पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सुर्खेतको गुर्वाकोट नगरपालिका वडा नं. २ घर भएका २२ वर्षीय बेगम विकलाई मंगलबार बिहान वीरगञ्ज महानगरपालिका वडा नं. ४ स्थित विर्ता चोकबाट नियन्त्रणमा लिएको हो। उनी सो सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा फेला परेका थिए।
पक्राउ परेका विक यसअघि जेनजी आन्दोलनका क्रममा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका थिए। उनीमाथि जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अदालतले ८ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। कैद भुक्तान गरिरहेकै अवस्थामा सुधार गृहबाट भागेका उनलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो।
पर्साका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार नियन्त्रणमा लिइएका विकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मंगलबार नै पुनः बाल सुधार गृह वीरगञ्जमा पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण