सुकुमबासी होल्डिङ सेन्टरमा नेविसंघले गर्यो अनुगमन
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले मङ्गलवार काठमाडौँको कीर्तिपुरस्थित होल्डिङ सेन्टरको अनुगमन गरेको छ।
थापाथली, सिनामंगललगायत क्षेत्रका सुकुमबासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेर नेविसंघ नेताहरू भुवन भट्ट, एञ्जोर कार्की, सरोज घोरासैनी, मात्रिका उपाध्याय, कुम्भराज देउवालगायतले अनुगमन गरेका हुन्।
नेविसंघले बालबालिकाहरूलाई शिक्षाबाट बञ्चित गरिएको भन्दै निःशुल्क शिक्षाको व्यवस्था गर्न सरकारसमक्ष माग गरेको छ।
सुकुमबासी बस्तीमा रहेका विद्यालय भत्काइएकोले अन्य विद्यालयमा स्थानान्तरण गरेर निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाउन नेविसंघले आग्रह गरेको हो ।
सुकुमबासीलाई नागरिक सरह व्यवहार गरेर सुरक्षित आवासको व्यवस्था गर्न, संविधानमा उल्लेख गरिएको मौलिक हकबाट बञ्चित नगर्न सरकारलाई खबरदारी गर्न होल्डिङ सेन्टरमा अनुगमन गरिएको नेविसंघ नेता भट्टले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण