प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । मङ्गलबार विद्यार्थी सङ्गठनहरूसँग सम्बन्धित विषयमा उठेका टिप्पणीहरूलाई गम्भीर रूपमा लिँदै आपसी संवाद र समझदारीमार्फत समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी संगठनलाई 'स्लिपर सेल' जस्ताे शब्द प्रयाेग गरिएकाेप्रति विद्यार्थी संगठनहरूले आपत्ति जनाएका हुन् ।
नेपालको विद्यार्थी आन्दोलन ऐतिहासिक रूपमा लोकतन्त्र, अधिकार र सामाजिक परिवर्तनका लागि महत्त्वपूर्ण शक्ति रहँदै आएको उल्लेख गर्दै वक्तव्यमा विगतका सङ्घर्षहरूले वर्तमान व्यवस्थाको निर्माणमा योगदान पुर्याएको स्मरण गरिएको छ।
हाल विद्यार्थी आन्दोलनभित्र देखिएका केही चुनौतीहरूलाई स्वीकार गर्दै तिनको सुधार र सुदृढीकरणका लागि विद्यार्थी सङ्गठनहरू प्रतिबद्ध रहेको पनि जनाइएको छ।
यसका लागि सरकार, विद्यार्थी सङ्गठन र अन्य सरोकारवालाबिच खुला संवाद र सहकार्य आवश्यक रहेको जोड दिइएको छ।
संयुक्त विद्यार्थी आन्दोलनले सरकारसँग आपसी सम्मानका आधारमा वार्ता अघि बढाउन आग्रह गर्दै लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र सहिष्णुतालाई कायम राख्दै साझा समाधान खोज्न सबै पक्षलाई आह्वान गरेको छ।
देशको स्थायित्व, प्रगति र उज्ज्वल भविष्यका लागि सबै पक्षले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण