‘युनीभर्सटी अफ गुण्डाज्’ मार्फत अभिनयमा फर्किए सलिनमान
काठमाडौँ । अभिनेता सलिमान बनियाँ अभिनयमा कमब्यक गरेका छन् । उनी फिल्म ‘युनीभर्सटी अफ गुण्डाज्’ मार्फत अभिनयमा फर्किएका हुन् ।
मंगलबार आफ्नो जन्म दिनको अवसर पारेर उनले आफू अभिनीत ‘युनीभर्सटी अफ गुण्डाज्’को टिजरमा सार्वजनिक गरेका छन् । एक्सन जनरामा निर्माण भएको फिल्मको टिजरमा उनलाई एक्सन अवतारमै देख्न सकिन्छ । फिल्म ‘यात्रा’पछि अभिनयबाट बाहिर रहेका उनी करिब ७ वर्षपछि अभिनयमा फर्किएका हुन्।
सान्भी इन्टरेटेन्टमेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको उनको दमदार कमब्याकले फरक स्वाद पस्किएको छ। दर्शकमाझ लभर ब्वाईको रूपमा देखिँदै आएका सलिमानले यस फिल्ममा फरकधारमा प्रस्तुत गरेका छन् । फिल्मको टिजरमा सलोन बस्नेत पनि उस्तै एक्सनमा उत्रिएका छन्।
सलिनमान बनियाँ आफैँले लेखेको यस फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गरेका छन्।
फिल्मको भिएफएक्सको काम मनोज श्रेष्ठले गर्दैछन् भने फिल्मको सम्पादन तथा ट्रेलरको काम बन्दे प्रसादले गर्दैछन् । फिल्ममा मन्दिप गौतमको पटकथा संवाद र सौरभ लामाको छायाङ्कन छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण