आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
च्याम्पियन्स लिग

एट्लेटिकोलाई हराउँदै आर्सनल च्याम्पियन्स लिगको फाइनलमा

बुधबार, २३ वैशाख २०८३, ०४ : ०७
बुधबार, २३ वैशाख २०८३

सारांश

  • इङ्लिस क्लब आर्सनल यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
  • सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै आर्सनलले फाइनलमा स्थान पक्का गरेको हो ।
  • घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरे ।

काठमाडौँ । इङ्लिस क्लब आर्सनल यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै आर्सनलले फाइनलमा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरे । उनले खेलको ४४ औँ मिनेटमा गरेको गोल नै आर्सनलको जितका लागि पर्याप्त बन्यो ।

यो जितसँगै आर्सनलले समग्रमा २–१ को नतिजासहित फाइनल यात्रा तय गरेको हो । यसअघि भएको पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप