बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
सारांश
- विगत केही दिनदेखि परेको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ।
- बागमती प्रदेशको काभ्रेपलान्चोक जिल्लाको विपी राजमार्ग बाढीका कारण नमोबुद्ध र रोशी गाउँपालिकाको विभिन्न स्थानमा पूर्ण रूपमा अवरुद्ध छ।
- कोशी प्रदेशको इलाममा जिल्ला इलाम रोड तथा झापा जाने भित्री कच्ची सडक पूर्ण रूपमा अवरोध भएको छ भने गण्डकी प्रदेशमा बेनी–जोमसोम सडक खण्ड र लमजुङको मध्य पहाडी लोकमार्गमा पहिरोका कारण यातायात एकतर्फी मात्र सुचारु छ।
काठमाडौँ । विगत केही दिनदेखि परेको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ बजे सार्वजनिक गरेको तथ्याङ्क अनुसार केही सडकहरू पूर्ण रूपमा अवरुद्ध छन् भने केही एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।
बागमती प्रदेशको काभ्रेपलान्चोक जिल्ला भएर जाने विपी राजमार्ग बाढीका कारण नराम्ररी प्रभावित भएको छ। नमोबुद्ध नगरपालिका वडा नं. ६ चौकीडाँडा र रोशी गाउँपालिकाको विभिन्न स्थानमा बाढी आएका कारण यो सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा पनि बाढीको सम्भावना रहेकाले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
यद्यपि, ललितपुर र मकवानपुर जोड्ने कान्तिलोकपथ भने पहिरो पन्छाएपछि अहिले सुचारु भएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्ग पनि सुचारु अवस्थामा रहेको छ।
कोशी प्रदेशको इलाममा अविरल वर्षाका कारण जिल्ला इलाम रोड तथा झापा जाने भित्री कच्ची सडक पूर्ण रूपमा अवरोध भएको छ। यस्तै, भोजपुर स्थित मध्य पहाडी लोकमार्गको बोखिम खण्डमा बाढीका कारण सडक एकतर्फी रूपमा मात्र सुचारु छ। ताप्लेजुङको सुकिम्बा–दोभान सडक खण्ड भने पहिरो हटेर पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ।
गण्डकी प्रदेशमा पनि मुख्य राजमार्गहरूमा आंशिक अवरोध कायमै छ। म्याग्दीको बेनी–जोमसोम सडक खण्ड र लमजुङको मध्य पहाडी लोकमार्गमा पहिरोका कारण यातायात एकतर्फी मात्र सुचारु छ। लमजुङको मध्यनेपाल नगरपालिकास्थित बिमिरेभञ्ज्याङमा पहिरो गएपछि २२ गतेदेखि नै एकतर्फी रूपमा सवारी गुडिरहेका छन्।
विभिन्न स्थानमा अझै पनि पहिरो झर्ने र बाढी आउने जोखिम कायमै रहेकाले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित जिल्लाका ट्राफिक प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अधिकारीहरूले आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण