सभापति थापाले कांग्रेसका सांसदलाई प्रशिक्षण दिने
बुधबार, २३ वैशाख २०८३, ११ : १०
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् ।
बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलको बैठकमा सभापति थापाले सदनमा विधायकले खेल्ने भूमिकाको विषयमा सभापति थापाले प्रशिक्षण दिने संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।
‘दिउँसो १ बजे संसदीय दलको बैठक बस्दैछ । त्यो बैठकमा सभापतिजीले संसदमा विधायकले खेल्नुपर्ने भूमिकाबारे सांसद साथीहरूलाई प्रशिक्षण दिनुहुनेछ,’ दलका नेता आङदेम्बेले रातोपाटीसँग भने ।
दलको बैठकमा सरकारले ल्याएका अध्यादेश र उचित व्यवस्थापनबिना सुकुमबासी बस्तीमा चलाइएको डोजरबारे पनि छलफल हुने र सङ्घीय संसदमा कसरी यी विषय उठाउने भन्नेबारे पनि एजेन्डा तय गरिने नेता आङ्देम्बेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण