महिलाको स्कर्ट लगाएर अनलाइनमा फोटो राख्ने एक आप्रवासी युवा रुसबाट देश निकाला
सारांश
- रुसमा एलजीबीटी आन्दोलनलाई अतिवादी घोषणा गरी पूर्ण प्रतिबन्ध लगाइएको छ।
- उज्वेकिस्तानका एक युवा आप्रवासीले अनलाइन बजारमा महिलाको स्कर्ट किनेर समीक्षा लेख्दा रुसबाट देश निकालामा परेका छन्।
- ती युवाले महिलाको स्कर्ट लगाएको फोटो र ठट्टा अनलाइनमा भाइरल भएपछि रुसी अधिकारीहरूले उनलाई नियन्त्रणमा लिई देश निकालाको आदेश दिएका हुन्।
मस्को । रुसमा समलिङ्गी, द्वयलिङ्गी तथा ट्रान्सजेन्डर (एलजीबीटी) आन्दोलनलाई अतिवादी घोषणा गर्दै पूर्ण प्रतिबन्ध लगाइएको छ। यसैसँग सम्बन्धित कुनै पनि प्रचारप्रसार वा गतिविधिमा संलग्न हुनुलाई त्यहाँ गम्भीर कानुनी अपराध मानिन्छ।
यस कठोर कानुनको फन्दामा उज्वेकिस्तानका एक युवा आप्रवासी परेका छन्, जसले अनलाइन बजारमा महिलाको स्कर्ट किनेर समीक्षा लेख्दा ठुलो मूल्य चुकाउनुपरेको छ।
यो घटना सन् २०२५ सेप्टेम्बरको हो। इस्लामजोन नाम गरेका ती युवाले रुसको चर्चित अनलाइन सपिङ प्लेटफर्म ‘वाइल्डबेरिज’ बाट महिलाको छालाको स्कर्ट किनेका थिए। स्कर्ट किनेपछि उनले उक्त प्लेटफर्ममा आफ्नो एउटा फोटोसहित लिखित समीक्षा पोस्ट गरे।
फोटोमा उनले आफैँले त्यो स्कर्ट लगाएका थिए। समीक्षामा उनले ठट्टा गर्दै लेखेका थिए, ‘निकै उत्कृष्ट स्कर्ट ! यसले मेरो शरीरको बनावटको कमजोरी मात्र होइन, म एक केटा हुँ भन्ने तथ्यसमेत लुकाइदिन्छ।’
महिलाको स्कर्टमा सजिएको उनको त्यो तस्बिर र ठट्टा अनलाइनमा भाइरल त भयो, तर त्यसले रुसी अधिकारीहरूको ध्यान आकर्षित गर्यो। इस्लामजोनले आफ्नो गल्ती महसुस गरी उक्त पोस्ट र तस्बिर तुरुन्तै हटाएका थिए।
तर, त्यतिबेलासम्म धेरै ढिला भइसकेको थियो। रुसी प्रहरीले उनलाई नियन्त्रणमा लियो र उनीविरुद्ध गैर-परम्परागत यौन सम्बन्ध र दृष्टिकोणलाई बढावा दिएको तथा प्रचारप्रसार गरेको अभियोग दर्ता गर्यो।
अदालतमा सुनुवाइका क्रममा इस्लामजोनले आफ्नो गल्ती स्वीकार गरे। उनले आफूलाई रुसबाट देश निकाला नगर्न र सामान्य जरिबाना मात्र तिराएर छाड्न न्यायाधीशसमक्ष अनुनय-विनय गरे। तर, रुसी अदालतले उनको बचाउमा कुनै पनि सहानुभूति देखाउन अस्वीकार गर्यो।
अदालतले उनलाई दोषी ठहर गर्दै पाँच दिनको हिरासत सजाय सुनायो र उक्त सजाय पूरा हुनासाथ रुसबाट बलपूर्वक देश निकाला गर्ने आदेश दियो। हालै उनलाई रुसबाट उज्वेकिस्तान फिर्ता पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण