प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
सारांश
- प्रधानमन्त्री बालेन शाहले बिहीबार साँझ ५ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
- बैठकमा प्रधान न्यायाधीशको सिफारिसलगायतका विषयमा छलफल हुनेछ ।
- बैठक प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले बिहीबार साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
प्रधान न्यायाधीशको सिफारिसलगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
राष्ट्रपतिबाट रामचन्द्र पौडेलले मंगलबार मात्रै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए । जसअनुसार अबदेखि संवैधानिक परिषद्को बैठकको गणपूरक सङ्ख्या चार भए पनि पुग्ने भएको छ ।
अर्थात् ६ जनाको संवैधानिक परिषद् बैठक बस्न चार जना भए पनि हुने भएको छ । त्यस्तै परिषद् बैठकले कुनै पनि निर्णय गर्दा ३ जनाको बहुमत भए निर्णय गर्न मिल्नेछ ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष हुने व्यवस्था छ। सदस्यहरूमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, विपक्षी दलको नेता, प्रधान न्यायाधीश रहन्छन् ।
हाल प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह छन् भने सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर, विपक्षी दलको नेता कांग्रेसका भीष्मराज आङ्देम्बे छन् । सपना प्रधान मल्ल कायममुकायम प्रधान न्यायाधीश छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण