औद्योगिक सुरक्षा सुदृढ बनाउन देशभर प्रजिअको नेतृत्वमा द्रुत प्रतिकार्य संयन्त्र गठन
सारांश
- औद्योगिक तथा व्यावसायिक सुरक्षा सुदृढ गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा देशभर ७ सदस्यीय द्रुत प्रतिकार्य संयन्त्र गठन गरिएको छ ।
- यो संयन्त्रले घटना भएमा तत्काल प्रतिकार्य गर्ने, उद्योग र कलकारखानाको तथ्याङ्क सङ्कलन गरी २४ घण्टा निगरानी गर्ने तथा आपूर्ति सहज बनाउन राजमार्गमा सुरक्षा गस्ती परिचालन गर्नेछ ।
- मन्त्रिपरिषद्ले २०८२ चैत १३ गते स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी सूचीको आधारमा यो संयन्त्र गठन गरिएको हो ।
काठमाडौँ । औद्योगिक तथा व्यावसायिक सुरक्षा सुदृढ बनाउन सबै जिल्लामा द्रुत प्रतिकार्य संयन्त्र गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ७ सदस्यीय संयन्त्र गठन गर्ने निर्णय भएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । वैशाख १४ मा गृहसचिव राजकुमार श्रेष्ठले संयन्त्रको अवधारण स्वीकृत गरेका हुन् ।
औद्योगिक र व्यावसायिक सुरक्षा प्रदान गर्न घटना भएमा तत्काल प्रतिकार्य गर्ने गरी गठन भएको संयन्त्रमा जिल्लास्थित सैनिक प्रतिनिधि, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीको स्थानीय प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि र निजी क्षेत्रका अध्यक्ष तथा निजले तोकेको प्रतिनिधि सदस्य हुनेछन् । सहायक प्रमुख जिल्ला अधिकारीलाई सदस्य सचिव तोकिएको छ ।
मन्त्रिपरिषद्ले २०८२ चैत १३ गते स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १ सय सूचीको आधारमा औद्योगिक सुदृढीकरण प्रतिकार्य संयन्त्र गठन गरिएको गृह मन्त्रालयका उच्च अधिकृतले बताए । संयन्त्रलाई जिल्लास्थित उद्योग र कलकारखानाको तथ्याङ्क सङ्कलन गरेर सुरक्षा प्रभावकारी बनाउन चौबिसै घण्टा निगरानी गर्ने कार्यादेश दिइएको छ । मन्त्रालय स्रोतका अनुसार जिल्लास्थित आपत्कालीन सञ्चालन केन्द्रमा रहेको हटलाइनलाई औद्योगिक सुरक्षा हटलाइनको रूपमा २४ सै घण्टा सञ्चालन गर्नुपर्ने छ ।
आपूर्ति सहज बनाउन राजमार्ग र रणनीतिक मार्गहरूमा निरन्तर सुरक्षा गस्ती परिचालन गर्ने रणनीति बनाइएको छ । आन्दोलनको क्रममा व्यावसायिक प्रतिष्ठानबाट लुटिएका मालसामान फिर्ता गर्न विशेष खोज अभियान सञ्चालन गर्न गृह मन्त्रालयले देशभर सर्कुलर गरेको छ ।
उद्योग तथा व्यवसायको सुरक्षाका लागि नजिकको सुरक्षा इकाइमा सम्पर्क व्यक्ति तोक्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण