फेवातालमा डुंगा पल्टियो, एक जनाको उद्धार
बुधबार, २३ वैशाख २०८३, १७ : ५२
सारांश
- कास्कीको पोखरास्थित फेवातालमा बुधबार हावाहुरीका कारण डुंगा पल्टिएको छ ।
- सशस्त्र प्रहरीले डुंगा पल्टिएर अलपत्र परेका एक जनाको सकुशल उद्धार गरेको छ ।
- तनहुँ घर भई पोखरा बस्ने २८ वर्षीय सुबिन ठकुरीले चलाएको एकल कायक बोट पल्टिएको थियो ।
कास्की । हावाहुरीका कारण कास्कीको पोखरास्थित फेवातालमा डुंगा पल्टिएको छ । बुधबार अचानक आएको हावाहुरी र छाल कायक डुंगा पल्टिएर अलपत्र परेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।
तनहुँ जिल्लाको भिमाद नगरपालिका घर भई हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने २८ वर्षीय सुबिन ठकुरीले चलाएको उक्त एकल कायक बोट पल्टिए थियो ।
यसबारे खबर पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण