बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

चलचित्र ‘मालती मंगले’को प्रिमियरमा पुगे रवि लामिछाने

बुधबार, २३ वैशाख २०८३, २० : २१
बुधबार, २३ वैशाख २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने चलचित्र मालती मंगलेको प्रिमियरमा पुगेका छन् । उनी बुधबार रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र मालती मंगलेको प्रिमियरमा पुगेका हुन् ।

जेनजी आन्दोलनको समयमा सहकारी ठगीको आरोपमा नख्खु जेलमा रहेका सभापति लामिछानेलाई आफ्नै गाडीमा हालेर हुइँक्याएको बताएपछि गायक तथा निर्माता ढकाल विवादमा परेका थिए।

विवादकैबिच लामिछाने चलचित्रको प्रिमियरमा पुगेका हुन्। उक्त चलचित्र २५ गतेदेखि प्रदर्शनमा आउँदैछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप