‘नेपाल गुणस्तर’ चिन्ह प्राप्त ग्यास उद्योग कति छन् ?
सारांश
- देशभरमा ५९ वटा ग्यास उद्योगहरूमध्ये ५७ वटाले 'नेपाल गुणस्तर (NS)' प्रमाणीकरण प्राप्त गरेका छन्।
- यी उद्योगहरूले ग्यास सिलिन्डर परीक्षण, बोटलिङ प्रक्रिया र सुरक्षा उपायहरूमा सरकारी मापदण्ड (NS 533) पालना गरेका छन्।
- गुणस्तर चिन्ह अनिवार्य भएपछि ग्यास उद्योगहरूले आफ्नो प्लान्टलाई प्रविधिमैत्री र सुरक्षित बनाउन लगानी बढाएका छन्।
काठमाडौँ । देशभरमा ५९ वटा ग्यास उद्योग छन् । तर ५७ वटा एलपी ग्यास बोटलिङ प्लान्टहरूले ‘नेपाल गुणस्तर (NS)’ प्रमाणीकरण प्राप्त गरेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले तोकेको सुरक्षा र गुणस्तरको मापदण्ड पूरा गरेपछि यी उद्योगहरूले इजाजतपत्र प्राप्त गरेको जनाएको छ ।
हाल सार्वजनिक गरिएको सूचीअनुसार यी उद्योगहरूले ग्यासको सिलिन्डर परीक्षण, बोटलिङ प्रक्रिया र सुरक्षा उपायहरूमा सरकारी मापदण्ड (NS 533) पालना गरेको देखिएको छ ।
तथ्याङ्कअनुसार यी उद्योगहरूको इजाजतपत्रको वैधता अवधि फरक-फरक रहेको छ । अधिकांश उद्योगहरूको इजाजतपत्र विक्रम संवत् २०८३ देखि २०८५ सम्म नवीकरण गरिएको छ । पछिल्लो समय सरकारले गुणस्तर चिन्ह अनिवार्य गरेपछि ग्यास उद्योगहरूले आफ्नो प्लान्टलाई प्रविधिमैत्री र सुरक्षित बनाउन लगानी बढाएका छन् ।
ग्यास उद्योगले एनएस चिन्ह पाउनुको अर्थ ती उद्योगबाट उत्पादित ग्यास सिलिन्डरहरू सुरक्षित छन् र तौलमा ठगी हुने सम्भावना कम रहन्छ भन्ने हो। विभागले नियमित अनुगमन गरी मापदण्ड नपुग्ने उद्योगको इजाजतपत्र खारेज वा निलम्बन समेत गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण