मह वास्तविक हो कि नक्कली ? यसरी जाँच्नुस् शुद्धता
सारांश
- बजारमा पाइने महमा चिनीको सिरप वा सख्खरको चास्नीजस्ता सामग्रीहरू मिसावट हुने गरेको छ ।
- मह शुद्ध छ वा मिसावटयुक्त भनेर चिन्न पानी, औँला, कागज र ताप परीक्षण गर्न सकिन्छ ।
- शुद्ध मह पानीमा नघुली तल बस्छ, बाक्लो र चिपचिपे हुन्छ, कागजमा सोसिँदैन र तताउँदा कारमेलाइज हुन्छ ।
काठमाडौँ । मह खान त मिठो हुन्छ नै स्वास्थ्यको लागि पनि यो धेरै फाइदाजनक मानिन्छ । तर, आजकल बजारमा धेरै मिसावटयुक्त मह आउन थालेको छ । नाफा बढाउन व्यापारीहरूले चिनीको सिरप, सख्खरको चास्नीजस्ता सामग्रीहरू महमा मिसाउने गर्छन् ।
मिसावट गरिएको महको स्वाद फिक्का हुन्छ । अनि यसले फाइदाको सट्टा स्वास्थ्यलाई उल्टै हानि पुर्याउन सक्छ । त्यसो भए मह सक्कली हो कि मिसावटयुक्त भनेर कसरी चिन्ने त ? आजको यस लेखमा हामी यसैबारे कुराकानी गर्नेछौँ ।
पानीमा परीक्षण
यो सबैभन्दा सजिलो र सही विधि मानिन्छ । शुद्ध महको घनत्व पानी भन्दा बढी हुन्छ, त्यसैले यो पानीमा सजिलै घुल्दैन । एउटा सिसाको गिलासमा सादा पानी भर्नुहोस् । माथिबाट एक चम्चा मह हाल्नुहोस् । यदि मह शुद्ध छ भने यो नघुलीकन सिधै गिलासको तल गएर बस्छ । मिसावट गरिएको मह पानीमा खस्ने बित्तिकै घुल्न थाल्नेछ र पानी धमिलो हुन्छ ।
औँलाबाट परीक्षण
महको बनावट र चिपचिपापनले यसको शुद्धताबारे धेरै कुरा प्रकट गर्छ । आफ्नो औँलामा एक थोपा मह राख्नुहोस् । शुद्ध मह एकदमै बाक्लो र चिपचिपे हुन्छ । यो औँलामा एकै ठाउँमा बसिरहन्छ, बग्दैन । मह पातलो छ, छिटो बग्छ, वा यसलाई छालाले सोस्छ भने, यो चास्नी वा पानी मिसाइएको हो भनेर बुझ्दा हुन्छ ।
पेपर टेस्ट
वास्तविक महमा धेरै कम ओस हुन्छ । मिसावटयुक्त महमा बढी पानी हुन्छ । सेतो कागज वा ब्लटिंग पेपर लिनुहोस् र त्यसमा महका केही थोपा राख्नुहोस् । मह शुद्ध छ भने यो कागजको सतहमै रहन्छ । कागजले सोस्दैन । मह मिसावटयुक्त छ भने कागजले सोस्नेछ, पछाडि भिजेको दाग बस्छ ।
ताप परीक्षण
तताउँदा महको रासायनिक प्रतिक्रियाले यसको शुद्धता प्रकट गर्दछ । माइक्रोवेभमा ३० सेकेन्डको लागि थोरै मात्रामा मह राख्नुहोस् वा चुल्होमा ग्यास सानो खालेर प्यान तताउन राख्नुस् । शुद्ध मह तताउँदा बिस्तारै कारमेलाइज हुन्छ र मिठो बासना आउँछ । पानी वा अन्य पदार्थहरू मिसाइएको मह तातेपछि फिँज बन्छ, फोकाहरु उठ्छ वा जलेको गन्ध आउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण