यस्तो रह्यो रामकृष्ण ढकालको ‘मालती मंगले’को प्रिमियर (तस्बिरहरू)
सारांश
- गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’को काठमाडौँमा प्रिमियर गरिएको छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, अभिनेता मदनकृष्ण श्रेष्ठ, गायक हेमन्त शर्मा लगायत कलाकार, सर्जक र पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।
- फिल्म शुक्रबार (वैशाख २५ गते) देखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।
काठमाडौँ । गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’को काठमाडौँमा प्रिमियर गरिएको छ । ललितपुर लबिम मलको क्यूएफएक्स सिनेमा हलमा बुधबार प्रकु पाण्डेय निर्देशित फिल्मलाई अतिथि र सञ्चारकर्मीहरूमाझ प्रिमियर गरियो ।
फिल्मको प्रिमियरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, अभिनेताहरू मदनकृष्ण श्रेष्ठ, किरण केसी, कृष्ण मल्ल, गायकहरू यम बराल, हेमन्त शर्मा, गायिकाहरू कुन्ती मोक्तान, देविका बन्दना, संगीतकार शिलाबहादुर मोक्तान, अभिनेत्री शर्मिला मल्ल लगायत कलाकार, सर्जक र पत्रकारहरूको बाक्लो उपस्थिति थियो । प्रिमियरमा निर्माता रामकृष्ण ढकाल, फिल्मका शीर्ष कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेल आकर्षणको केन्द्र बने ।
‘मालती मंगले’ हेरिसकेपछि रास्वपा सभापति रवि लामिछानेले फिल्म मनछुने कथावस्तुमा बनेको भन्दै प्रशंसा गरे । उनले नेपाली समाजमा व्याप्त एउटा भ्रमको कथालाई विषयवस्तु बनाएर पर्दामा राम्रोसँग उतारेकोमा फिल्मका निर्देशकसहित टिमलाई बधाई दिए । उनले गायक ढकालले सांगीतिक क्षेत्रमा कठिन संघर्ष गरेर बनाएको नाम अब फिल्म निर्माणमा पनि जोडिनु प्रशंसनीय भएको बताए । उनले ‘मालती मंगले’ले नेपाली समाजको एउटा कथालाई दुरूस्तै उतारेको भन्दै फिल्मको सन्देश समयसापेक्ष रहेको बताए ।
_5y5W8hjXdv.jpg)
विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको मुख्य भूमिका रहेको फिल्म शुक्रबार (वैशाख २५ गते) देखि देशव्यापी प्रदर्शनमा आउँदैछ । अभावबिच पनि आत्मीय प्रेमले हाँसीखुसी जीवन बिताइरहेको ग्रामीण दम्पतीको जीवनमा जब सामाजिक भ्रमले कब्जा जमाउँछ, तब आपसमा आउने असमझदारी र उतारचढावको कथा ‘मालती मंगले’ले प्रस्तुत गर्छ ।
रानी फिल्म्सको प्रस्तुति रहेको ‘मालती मंगले’मा प्रकाश घिमिरे, सुवर्ण थापा, उमेश सुनाम, सुस्मा निरौला र सरिता गिरी तथा बाल कलाकारहरू नरिन थापा र मन्सु सापकोटाले समेत अभिनय गरेका छन् । फिल्ममा रोशन विश्वकर्माको कोरियोग्राफी, महेश पौडेलको छायांकन, रोमी मोसेजको सम्पादन र संयोग गुरागाईंको पटकथा तथा संवाद छ । मनोज जोशीले कला निर्देशन गरेका छन् भने कार्यकारी निर्माता सागर ज्ञवाली हुन् ।
नेपाली सुगम संगीत र पार्श्व गायनका प्रसिद्ध गायक रामकृष्ण ढकालले अढाइ दशकअघि आफ्नै सांगीतिक संघर्षमा आधारित फिल्म ‘आशीर्वाद’मा अभिनय गरेका थिए ।
फोटो : मनोज खड्का/रातोपाटी
_DxsQof3AHo.jpg)
_5hrg4IjPR5.jpg)
_E2q5fTBF0J.jpg)
_Ye73rfsxBe.jpg)
_7fr2YStJHP.jpg)
_q1N0gpL4gJ.jpg)
_5y5W8hjXdv.jpg)
_Q1EILaBf3f.jpg)
_6jeLo57Apr.jpg)
_ys7Vub941w.jpg)
_JpAa3Au55d.jpg)
_XJdvIz1Uww.jpg)
_RiH7wk5QEe.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होशियार ! शरीरमा हुने यी ७ परिवर्तन क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छन्
-
मधेस प्रदेश : बजेट विवाद समाधानका लागि कार्यदल गठनको घोषणा
-
संघीय संसद्को बजेट अधिवेशनमा १० वटा कानुन निर्माण
-
पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह
-
भारतबाट कारमा लुकाएर ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण