लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले के–के गर्यो निर्णय ?
बुटवल । लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेरदेखि विभिन्न कार्यविधि स्वीकृतिसम्मका निर्णयहरू गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको हो।
स्वास्थ्य मन्त्री खेमबहादुर सारुका अनुसार बैठकले राम पराजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव तथा जानुका पण्डितलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ।
यस्तै अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी प्रदान गरिएको छ । बैठकले गुल्मी जिल्लाको इस्मा गाउँपालिका को केन्द्र वडा नं. ५ चापटारीमा कायम गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेस भएको ‘अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृति सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरिएको छ। प्रदेश प्रशासनिक परिसरभित्र नवनिर्मित भवनबाट सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक फर्निचर तथा फिक्स्चर्स व्यवस्थापनका लागि बजेट फुकुवा गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटको सवारी व्यवस्थापनमा सुधार
-
सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण